प्रतिच्छाया


Logo

Ritesh


1. EXT. FOOTPATH – MAGIC HOUR

एक युवती ( २५ वर्ष ) हिंडिरहेकी छिन्, सडकपेटीमा । उनी खुसी देखिन्छिन् । वरिपरिका सबैलाई खुसी देखिरहेकी छिन् । उनको शरीरमा चञ्चलता नाँचिरहेको छ । अनुहारमा उत्साह पोतिएको छ । सडकपेटीसँगै जोडिएको रङ्ग पसलमा थरिथरिका रङ्गहरू बेच्न राखिएको हुन्छ । उनी रङ्ग पसलेलाई हेर्दै मुस्कुराउँछिन् र आफ्नो बाटो लाग्छिन् ।

उनको विपरित दिशाबाट एक महिला बच्चालाई डोर्याउदै आइरहेकी हुन्छिन् । युवती र महिलाले मुस्कान साटासाट गर्छन् । हातमा बेलुन लिएको बच्चा एक्दमै खुसी देखिन्छ । युवतीले त्यो बच्चाको टाउकोलाई खुसीले सुम्सुम्याउँदै अघि बढ्छिन् । 

सडकपेटीको कुनामा एक प्रेमिल जोडी एकअर्काको अँगालोमा बाँधिरहेका हुन्छन् । अगाडिबाट एक अधबैँसे मान्छे फोनमा कुरा गर्दै आइरहेको हुन्छ । त्यो मान्छे हाँस्दै कुरा गरिरहेको हुन्छ । युवतीले फर्की-फर्की त्यो खुसी देखिएको मान्छेलाई मुस्कुराउँदै हेर्छिन् । नजिकै रहेको बेन्चमा एक वृद्ध जोडी गफ गर्दै बसिरहेका हुन्छन् । दुबै खुसी देखिन्छन् । युवती लगातार हिँडिरहन्छिन्, ओठमा मुस्कान झुलाउँदै । 

एक्कासि ठूलो आवाजमा कतै गीत बज्छ । उनलाई यस्तो लाग्छ, उनको खुसीमा कोही तगारो भएर आएको छ । उनलाई त्यो संगीत कत्तिपनि मन पर्दैन । सडकपेटीको बिचमा टक्क रोकिएर उनी मुख बिगार्दै आफ्नो दुबै कान बन्द गर्न थाल्छिन् । 

CUT TO :

2. INT. ROOM – MORNING

उक्त आवाज कतैबाट नभएर मोबाइबाट आइरहेको अलराम हुन्छ । 

एउटा फराकिलो कोठा । उक्त कोठामा सामानहरू व्यवस्थितसँग राखिएको हुन्छ । कोठा चिटिक्क र एकदमै सफा देखिन्छ । कोठाबीचमा रहेको ठूलो पलङ्गमा मस्तसँग युवती सुतिरहेकी हुन्छिन् । लगातार बजिरहेको अलरामले उनी ब्युँझिन्छिन् । उक्त आवाजले उनको सपनालाई टुटाइदिन्छ । मुस्कुराउँदै (सपनालाई सम्झिदै) आफ्नो शरीर तन्काउँदै, अघिबाट बजिरहेको अलारामलाई बन्द गर्छिन् र उठ्छिन् । 

मोबाइलमा कुनै माधुर्य गीत बजाउँछिन् र गीतको तालमा टाउको, शरीर हल्लाउन थाल्छिन् । आफूपनि गाउन थाल्छिन् । ओछ्यानबाट आफूलाई छुटाउँछिन् र झ्यालको पर्दा खोल्छिन् । झ्यालबाहिरबाट आइरहेको सूर्यको प्रकाश र हावालाई आँखा बन्द गर्दै केहीबेर महसुस गर्न थाल्छिन् । मुस्कुराउँछिन् । 

केही समयपछि कोठाको भित्तामा रहेको ठूलो ऐेना अगाडि उभिन्छिन् । ऐेनामा आफ्नो प्रतिबिम्बलाई देखेर उनी तर्सिन्छिन् । ऐेनामा देखिएको उनको प्रतिबिम्ब एकदमै दु:खी देखिएको हुन्छ, ठ्याक्कै उनको विपरित । ऐनामा देखिएको उनको रूप उदास देखिन्छ । निराश देखिन्छ । त्यो रूपको कपालहरू असरल्ल छरिएका हुन्छन् । आँखाबाट आँसु झरिरहेको हुन्छ । 

एकाएक कोठामा अन्धकार छाउँछ । ती युवतीले जताततै अँध्यारो देख्न थाल्छिन् । मात्र उनले आफ्नो रूपलाई देख्छिन् ऐनामा, जसले उनलाई केही दिन खोजिरहेकी हुन्छिन् । उनले अलि अगाडि गएर हेर्छिन् । ऐनाभित्रको उनको रूपले उनलाई चक्कु दिइरहेकी हुन्छिन् । उनी एकदमै डराउँछिन् । आत्तिन्छिन् । के भइरहेको छ, उनले ठम्याउन सक्दिनन् । अतालिदै उनी कोठाको ढोका खोलेर बाहिर निस्किन्छिन् । 

CUT TO :

3. EXT. FOOTPATH – AFTER A WHILE

युवती डराउँदै, आत्तिदै हिँडिरहेकी छिन्, सडकपेटीमा । उनी वरिपरि नियाल्दै अघि बढिरहेकी छिन् । एकाएक उनी दु:खी भएकी छिन् । उनको अनुहारमा उदासी छाएको छ । सडकपेटीसँगै जोडिएको रङ्ग पसलमा उनले एकै किसिमको रङ्गहरू मात्रै बेच्न राखेको देख्छिन्, कालो रङ्ग । रङ्ग बेच्न बसेको पसलेलाई उनले दु:खी देख्छिन् । उनको विपरित दिशाबाट एक महिला बच्चालाई डोर्याउदै आइरहेकी हुन्छिन् । हातमा बेलुन लिएको उक्त बच्चा रूइरहेको हुन्छ । आमालाई पिरोलिरहेको हुन्छ । उसले हातमा लिएको बेलुन रिसले फुटाउँछ । आमाले उसलाई पिट्छिन् । युवतीले त्यो बच्चालाई दु:खी हुँदै हेर्छिन् । 

सडकको कुनामा एक प्रेमिल जोडी एकअर्कासँग झगडा गरिरहेका हुन्छन् । अगाडिबाट एक अधबैँसे मान्छे फोनमा कुरा गर्दै आइरहेको हुन्छ । ऊ रिसाउँदै कसैलाई थर्काइरहेको हुन्छ । युवतीले फर्की-फर्की त्यो मान्छेलाई उदास भएर हेर्छिन् । नजिकै रहेको बेन्चमा एक वृद्द एक्लै टोलाउदै बसिरहेका हुन्छन् । उनी दु:खी देखिन्छन् । युवती लगातार हिँडिरहन्छिन्, निराश…..उदास हुँदै । 

एउटा ऐना पसल अगाडि उनी टक्क रोकिन्छिन् । सडकपेटीबाटै उनले ऐनामा आफ्नो प्रतिबिम्बलाई देख्न सक्छिन् । ऐनामा उभिएको उनको प्रतिबिम्ब खुसी देखिएको हुन्छ । उनी एकोहोरिदै पसलभित्र पस्छिन् र ऐनामा आफ्नो खुसी भएको रूपलाई हेर्न थाल्छिन् । उनलाई यस्तो लाग्छ, उनको त्यो खुसी रूपले उनलाई जिस्काइरहेको छ । उनलाई रिस उठ्छ र हत्तपत्त छेउमा भएको कुनै ठोस वस्तुले त्यो ऐनालाई हान्छिन् । ऐेना झर्याम्म फुट्छ । सिसाको एउटा टुक्रा उनले हातमा लिन्छिन् । 

एकाग्र भएर मोबाइलमा घोत्लिरहेको पसले ( ३५ वर्ष ) झस्किन्छ । 

पसले 

( रिसाउँदै, युवतीको नजिक आउँदै )

ओ, बैनी…… के गर्या ? 

युवती पसलेको आवाजले तर्सिन्छिन् । डराउँदै पसलेलाई हेर्न थाल्छिन् । बिस्तारै..बिस्तारै पसलेको अनुहार पनि उनको जस्तै हुन थाल्छ । केही समयमै पसलेले पूर्णरूपमा उनको रूप धारण गर्छ । ऊ पनि बेसुरले हाँस्न थाल्छ । युवती रिसले काँप्न थाल्छिन् । उनी पसलबाट दौडिदै बाहिरिन्छिन् । 

CUT TO :

4. EXT. FOOTPATH. FEW MOMENTS LATER 

युवती रिसाउँदै हातमा सिसाको टुक्रा लिएर हिँडिरहेकी छिन् । उनको सन्मुखबाट एउटा अर्को युवती मुस्कुराउँदै आइरहेकी हुन्छिन् । बिस्तारै उनीहरूबिचको दुरी घट्दै जान्छ । अन्तत: उनीहरू आमनेसामने हुन्छन् । दुबै एकअर्कालाई हेर्दै रोकिन्छन् । दुबै छक्क पर्छन् । उनीहरू एकअर्काका प्रतिरूप हुन्छन् । 

युवती

( सिसाको टुक्रा आफ्नो प्रतिरूपतिर त्यर्साउँदै )

Leave me alone ! 

( रून थाल्छिन् )

प्रतिरूप 

( मुस्कुराउँदै )

I can’t…… I’m your shadow….!

युवती 

What ? This is nonsense ! I’m dreaming

( आँखा चिम्म पार्दै, लामो…लामो सास लिँदै )  

Calm…. calm down….  I need to… ! 

This is not real…..! You’re not real….! 

युवतीले बिस्तारै आफ्ना आँखा खोल्छिन् । उनको सन्मुख उनकै प्रतिरूप मुस्कुराउँदै उभिरहेकी हुन्छिन् । 

युवती ( CONT’D ) 

No…No…No……No…No 

( चिच्याउँदै ) 

This is not happening……..! This is dream, Fucking dream….

Get lost….!

प्रतिरूप 

( मुस्कुराउँदै )

I’m not going anywhere……!

युवतीले रिसाउँदै हातमा रहेको सिसाको टुक्राले आफ्नो प्रतिरूपलाई हान्न खोज्छिन् । उनको प्रतिरूपले आफूलाई बचाउँन खोज्छ । तर, उनको हात काटिन पुग्छ । सिसाको टुक्रा भुँईमा खस्छ । 

प्रतिरूप  ( CONT’D ) 

( मुस्कुराउँदै )

You’ve hurt yourself……

युवतीले आफ्नो हात हेर्छिन् । उनको हात त्यही ठाउँमा काटिएको हुन्छ, जहाँ उनको प्रतिरूपको हात काटिएको हुन्छ । दुबैको हातबाट रगत बग्न थाल्छ, युवतीको हातबाट कालो रगत र उनको प्रतिरूपको हातबाट रातो । 

युवती

( पीडाले रूदै..कराउँदै ) 

Who are you ? 

प्रतिरूप

( मुस्कुराउँदै )

Told you….. I’m your shadow ! 

म ऐनाभित्रको तिम्रो रूप हुँ । 

FADE OUT : 

THE END