स्वर्ग | कविता


Logo

दृष्या फुएल


रक्तबीजको मुहान
खै कुन बिगुल छरी बन्यो

इतिहास दमाहा दन्काउदै
बाधा र व्याधा पन्छाउदै अघि लम्कियो

वीरङ्गनाहरू रक्त स्नानको अनुभूति लिन
भाव विभोर भए

रक्तबीजको मुहान फुटी
मनुष्यको ताँती छायो

एक वीर र एक वीरङ्गना मिली
सबै लाशको पहाड बन्यो

रक्तस्नानमा शहीदहरू पनि देखा परे
क्रान्तिको बिगुल छर्न तारताम्य मिलाएका
कलिला क्रान्ति-दूतहरू पनि अघि सरे

रक्त सागर एकएक चौडा हुँदै गयो
घनत्व लाशहरूको बढ्दै गयो

आकाश एकाएक रक्ताम्य बन्यो
रातो रङ्ग वर्षात् छायो

रक्तबीजको मुहान
खै कुन बिगुल छरी बन्यो

इतिहास दमाहा दन्काउदै
बाधा र व्याधा पन्छाउदै अघि लम्कियो