➤ Banner: The Scream, 1910 by Edvard Munch
पृथ्वी घर हो कि डेरा ?
कतै अनन्तको यात्रा
जीवन मृत्यु, धर्ती-आमाको पेट, माटो, निन्द्रा
कसैले इशारा गरिरहेछ भाषा प्राचिन छ, बुझिनँ
घर घरजस्तै लाग्दैन
म मजस्तै लाग्दैन
के के तँ ऐलियन त हैनस् !
आफ्नै घर जाने बाटो भुलिसकेको
भाषा बिर्सिसकेको
लाखौं प्रकाश-वर्ष टाढा रुमल्लिएर, हल्लिएर, अब भो भो
त्यो सुर्यलाई तैँले निल्नुपर्छ
नक्सा खोज, नक्सा खोज, नक्सा खोज
कहाँ ? खोज्ने कता ? खोज्ने
तैँ भित्र, आफैभित्र खोज
दिमागको पखेटा
मुटुको लाल्टिन बना
खोज तीन त्रीलोक
आँखा निभाएर निस्की यात्रामा
तीन त्रीलोक
अलौकिक सम्बन्ध रहस्यले बुनेको
विपरित हुनुनै त सम्पूर्ण एकाम्य हो ।